राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो: रामचन्द्र पौडेल

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्।

उनले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्।

वरिष्ठ नेता पौडेलले बिहीबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो। तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन्।'

उनले यो अवस्थामा नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न दलहरुलाई अपिल गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-20 21:27:00

प्रतिकृया दिनुहोस्