चिया खेती : राजतन्त्रमा कडा, गणतन्त्रमा फिक्का !

नमीन ढकाल

नेपालमा चियाको खेतीको शुरूवात वि.सं. १९२० सालमा इलामबाट भयो।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाईं बडाहाकिम गजराजसिंह थापाले इलाम बजार क्षेत्रमा चिया खेती थालनी गरे। त्यसको २ वर्षपछि सोक्तिम (हाल माई नगरपालिका–९) मा चिया खेती विस्तार भयो।

त्यतिखेर भारतको दार्जिलिङ चिया कमानबाट दक्ष कामदार झिकाई इलाम बजारमा १३५ एकड र सोक्तिममा २४० एकडमा चिया खेती विस्तार भएको थियो।

त्यसपछि क्रमश धनकुटाको मालढुङ्‌गा र ओखलढुङ्‌गाको भालुटारमा समेत चिया खेती विस्तार भयो। वि.सं. १९३२–३५ भित्र इलाम बजारमा आधुनिक चिया कारखाना स्थापना भएको इतिहास पाइन्छ।

त्यसपछि सोक्तिममा १९४० मा अर्को चिया कारखाना पनि स्थापना भयो। जंगबहादुर राणा प्रधानमन्त्री रहेको तत्कालीन समयमा चिया प्रशोधनका सामग्रीहरू बेलायत सरकारबाट अनुदानस्वरूप प्राप्त भएको थियो।

त्यसपछिका करिब ८१ वर्षसम्म इलाम र आसपासका केही किसानहरूले सोखका रूपमा घरायसी प्रयोजनका लागि मात्र चिया खेती गरेको डा. देवी क्षेत्रीद्वारा लिखित पुस्तक ‘इलामको चिया पर्यटन’ मा उल्लेख छ।

प्रकाशित मिति: : 2021-05-19 09:42:00

प्रतिकृया दिनुहोस्