'कर्मले श्रीमान्‌लाई नेपाल पुर्‍यायो, कोभिडले मुख पनि हेर्न पाइनँ, एउटा फोटो पठाइदिनू ल'

शिलापत्र

काठमाडौँ

  दिनेश गौतम

 

राजेन्द्र मल्लिकको मान्छे को हुनुहुन्छ ?’ 

सोमबार दिउँसो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा शव उठाउन आएका नेपाली सेनाका जवानले पटकपटक सोधे । तर, मल्लिक मेरो मान्छे हो भन्ने कोही पनि भेटिएनन् ।   

मल्लिक...? ओहो ! यी तिनै दाइ होइनन्, जो ३० वैशाख (बिहीबार) राति मृत्यु भएको । ‘हो तिनै मल्लिक दाइ हुन् । भारत उडिसा राज्यका रहेछन् । बल्ल पत्ता लाग्यो’, अस्पतालको प्राङ्गणमा रहेका सूचना अधिकारी नवराज गौतमले भने । 

मल्लिक दाइको मृत्यु भएको रात हामी पनि टेकुमै थियौँ । उनको नाम पहिचान भएको थियो तर ठेगाना पत्ता लागेको थिएन । बेड नभएपछि खाली कोठाको भुइँमै राखेर डा. अनुप बाँस्तोलाको टिमले उनको उपचार गरेको थियो । 

 

प्रकाशित मिति: : 2021-05-18 21:22:00

प्रतिकृया दिनुहोस्