प्रणाली भत्कियो, टुट्यो भरोसा : बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री

सरकारले जिल्ला–जिल्लामा अक्सिजन पुर्‍याउँछ र नागरिक बचाउँछ भन्नेमा सांसद र स्वयं मन्त्रीलाई नै भरोसा छैन। सिलिन्डर जम्मा गर्ने र जिल्ला–जिल्ला पुर्‍याउन सांसद र मन्त्रीहरूबीच प्रतिस्पर्धा छ। यही वेला, जिल्ला अस्पतालका नाममा छुट्याइएका सिलिन्डर सीधै जिल्ला लग्नुको सट्टा सांसदका घरघर डुलाएर अमूल्य समय पनि बर्बाद गरिएको छ।

मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि १८ सिलिन्डर पठाएका छन्

पूर्वगृहमन्त्री जनार्दन शर्मा ७९ सिलिन्डरसहित गृहजिल्ला रुकुम पुगे

एमाले सचेतक शान्ता चौधरी २२ चिनियाँ सिलिन्डरसहित गृहजिल्ला दाङ पुगिन्

 

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंबाट गृहजिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सिलिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो। अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटवलको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्रमितको मृत्यु भएको थियो। अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै  पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्तिममा छोड्यो।

‘जिल्लाको अस्पतालबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्रीज्यूले सिलिन्डर पठाउनुभएको हो। तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम गर्‍यो,’ मन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीले भने। उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कुराकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो। 

 

प्रकाशित मिति: : 2021-05-18 07:23:00

प्रतिकृया दिनुहोस्