खोप किन्न किन चुक्यो सरकार ?

अनलाइनखबर

काठमाडाैं

बिहीबार पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सम्बोधन गर्दै एक ट्वीट गरे। आचार्यले आफ्नो ट्वीटमा अहिलेको कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि सरकारलाई पाँचबुँदे सुझाव दिए।

उनले मानवीय संकट घोषणा गर्न, मित्रराष्ट्रहरूबाट के–कति सहयोग चाहिएको हो सूची तयार पार्न, सहयोगका लागि सरकारप्रमुख तहमा पत्र पठाउन, नेपालस्थित विदेशी नियोगहरूलाई डाकेर ब्रिफिङ र आफ्ना दूतावास परिचालन गर्न सुझाव दिए।

त्यसको केही घन्टापछि आचार्यको ट्वीटलाई परराष्ट्र मन्त्रालयको आधिकारिक ह्यान्डल मार्फत जवाफ दिइयो। सो जवाफमा भनिएको छ, ‘भ्याक्सिन, उपकरण तथा स्वास्थ्य सामग्रीको सूची तयार गरी मित्रराष्ट्र र विकास साझेदारहरूलाई दिइनुका साथै उच्च कूटनीतिक तहमा पत्राचार भएको छ।’ मन्त्रालयले सो प्राप्तिका लागि काठमाडौंस्थित कूटनीतिक नियोगहरूसँग निरन्तर समन्वय गर्दै विदेशस्थित नियोगहरू परिचालन गरिएको जानकारी दिएको छ।

कोरोना महामारीसँग लड्नका लागि सरकारले अन्तर्राष्ट्रिय सहयोगको याचना गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दि गार्जियन पत्रिकामा एक लेख मार्फत सहयोग गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2021-05-15 10:21:00

प्रतिकृया दिनुहोस्