ओली र नेपालबीच आज पनि छलफल हुँदै

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ।

आज साँझ ६ बजे सिंहदरबारमा ओलीसँग नेपालले भेट्ने समय तय भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ। यसअघि बिहीबार उनीहरूले चपलीहाइटस्थित रामेश्वर थापाको घरमा एमालेकाे आन्तरिक विवादबारे साढे चार घण्टा छलफल गरेका थिए।

आजको वार्तामा भने ओली र नेपाल दुवैले आफूनिकट दाेस्राे तहका नेताहरूलाई पनि सहभागी गराउने एमाले स्रोतले जानकारी दिएकाे छ।

नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी हुने भएका छन्।

यस्तै ओली पक्षबाट अध्यक्ष ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनेछन्।

प्रकाशित मिति: : 2021-05-14 16:34:00

प्रतिकृया दिनुहोस्