सरकारको उदासिनताले चुलियो अक्सिजन अभाव

बाह्रखरी

काठमाडौं

काठमाडौं । तपाईं, हाम्रो परिवारमा कुनै पनि व्यक्ति बिरामी भएमा आज अस्पतालमा भर्ना पाइने अवस्था छैन । हरेक दिन जति जना बिरामी निको हुन्छन् वा जतिजनाको मृत्यु हुन्छ त्यति स्थानमा मात्र नयाँ बिरामी लिन सकिने अवस्थामा अस्पतालहरू पुगेका छन् । 

हालैका केही दिनमा हरेक दिन ९ हजार करिब नयाँ बिरामी देखिँदैछन् भने त्यसको आधाभन्दा कम संख्यामा बिरामी निको हुँदैछन् । 

तर, बिरामीलाई अस्पतालमा पुर्‍याइहाल्न सकिएको खण्डमा पनि बचाउन सकिने अवस्था न्युन हुँदै गएको छ किनभने सबैजसो अस्पतालमा अक्सिजन अत्यन्त कम भएर गएको छ । 

बिरामीका आफन्तलाई यदि अक्सिजनको अभावले मेरो बिरामीको मृत्यु भएमा कसैलाई जवाफदेही बनाउने छैन भनेर सहि छाप गर्नु पर्दछ । 

प्रकाशित मिति: : 2021-05-13 17:26:00

प्रतिकृया दिनुहोस्