'ब्युटिपार्लरबाट घर धानिरहेका महिलाहरू अब अरूको भरमा बाँच्नुपर्ने भयो'

सेतोपाटी

काठमाडौं

विगत पन्ध्र वर्षदेखि ब्युटिपार्लर सञ्चालन गरेर खर्च धान्दै आएकी शान्ता शाहलाई हिजोआज मुश्किल छ। घर चलाउन श्रीमानको भर पर्नुपर्छ। पार्लरको भाडा तिर्न पनि अरूसँगै पैसा सापटी माग्न बाध्य छिन्।

एक लाख लगानीमा पन्ध्र वर्षअगाडि कलंकीमा लोटस ब्युटिपार्लर सञ्चालन गरेकी उनले सामान्य अवस्थामा राम्रो कमाउँथिन्। तीन जनाको परिवार खर्च उनको कमाइले धानिएको थियो। तर कोभिड महामारी सुरू भएसँगै कारण लामो समय पार्लरको काम ठप्प भएपछि उठ्न नसक्ने गरी थला परेको उनी बताउँछिन्।

'काठमाडौंमा एउटा सानो घर बनाएका छौं। श्रीमानको कमाइ घरको किस्ता तिर्न छुट्याएर पार्लरको पैसाले मैले खर्च चलाउँदै आएकी थिएँ,' उनी भन्छिन्, 'अब त तरकारी किन्ने पैसा पनि श्रीमानसँग माग्नुपरेको छ। पार्लर खोल्न सक्ने अवस्था छैन। यही बेला पार्लरको भाडा बढ्यो, कसरी तिर्ने हो, भेउ पाएकी छुइनँ।'

शान्ताका अनुसार पार्लरको भाडा मासिक पाँच हजार रूपैयाँ थियो। गत वैशाखदेखि घरबेटीले तीन हजार बढाएर आठ हजार पुर्‍याए। कोरोनाको जोखिम लामो समय रहिरहने हो भने पार्लर निरन्तर सञ्चालन गर्न सक्ने अवस्था छैन। 

प्रकाशित मिति: : 2021-05-13 06:45:00

प्रतिकृया दिनुहोस्