‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग १ – यहाँ त अर्कै संसार रहेछ, डाक्टरको मायाले नै बाँचियो !

लोकान्तर

काठमाडाैं

‘तपाईं डराउनुपर्दैन, निको हुन्छ। हेर्नुस् त, दिनमा ३/४ हजार मान्छे निको भएर घर गएका छन्। सबैभन्दा ठूलो कुरा आत्मबल हो।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला अस्पतालको इमर्जेन्सी कक्षबाहिर सिँढीमा अक्सिजन लिइरहेका काठमाडौं महानगरपालिका– १६ वनस्थलीका आनन्दराज खनियाँलाई सम्झाउँदै थिए।

‘हैन अलिक डर लागेको छ डाक्टर सा’ब, अक्सिजन लेभल अलि तल झरेको छ,’ आनन्दराजले डा. बास्तोलालाई भने।

डाक्टरले उनलाई ढाडमा थप्थपाउँदै भने, ‘आत्तिनु पर्दैन, हिजो अस्पताल आउँदाभन्दा आज धेरै निको भएको देखेका छु। हेर्नुस्, आज २ मा अक्सिजन चलाएपनि भएको छ।’

त्यसपछि आनन्द केही मुस्कुराए। सँगै रहेकी उनी श्रीमती सीता पाण्डे खनियाँले सम्झाउन थालिन्।

‘डाक्टर‘साबले भनेको बुझ्नु भो नि ? केही हुँदैन। हिजोदेखि म तपाईंसँगै छु त,’ श्रीमतीले यसो भन्दै गर्दा उनले आँखामा हेरिरहे।

‘डाक्टर सा’बले माया गर्नुभएको छ। माया गरेर भन्नुभएको,’ सीताले आनन्दलाई सम्झाइन्।

डा. बास्तोलाले उनलाई घोप्टो परेर अक्सिजन लिने तरिका सिकाए। 

आनन्दले केही समय घोप्टो परेर अक्सिजन लिने अभ्यास गरे। सहज भएपछि उनी मुस्कुराए। त्यसपछि उनी श्रीमतीसँग गफिन थाले।

प्रकाशित मिति: : 2021-05-12 15:52:00

प्रतिकृया दिनुहोस्