फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन्: घनश्याम भुषाल

File photo
File photo

नेकपा एमाले समनान्तर समूहका नेता घनश्याम भुषालले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर केही गद्दारीहरुले बाँकी रहेको नेकपा एमालेलाई पनि विभाजन गर्न  खाेजेकाे आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै केही असफल शक्तिहरुले चुनावको नाममा प्रतिनिधिसभा पुनः विघटन गरेर आफूहरुसँग बदला दिन खोजेकोसमेत स्पष्ट पारे।

उनले लेखेका छन्, 'हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ। आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन। विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषय इतिहासमा ठूलो विवाद छ। तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।'

प्रकाशित मिति: : 2021-05-12 13:16:00

प्रतिकृया दिनुहोस्