आज प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) विश्वासको मत लिँदै छन्। 
प्रधानमन्त्री ओलीले नयाँ बानेश्वरस्थित संघीय संसद्मा हुने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै छ।

यसका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ। कार्यसूची सार्वजनिक गर्नुअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका थिए।

संसद् बैठकको सुरुवातमा सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि उनले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यतालिका तय भएको छ।
आजै पुनः प्रतिनिसभा अर्काे बस्नेछ, र अविश्वासको प्रस्तावउपर कारबाही प्रक्रिया अगाडी बढ्नेछ। 
 

प्रकाशित मिति: : 2021-05-10 06:21:00

प्रतिकृया दिनुहोस्