'ऊ हाम्रो परिवारको बत्ती थियो, अमेरिकामै निभ्यो'

सेतोपाटी

काठमाडौँ
तस्बिर: फेसबुक
तस्बिर: फेसबुक

संयुक्त राज्य अमेरिकामा भएको आगजनी र गोलीकाण्डको घटनामा एक जना नेपालीले ज्यान गुमाएमा छन्।

शनिबार बिहान मेरिल्यान्डको बाल्टिमोरमा एक व्यक्तिले घरमा आगजनी गरी गोली चलाउँदा एक नेपालीसहित चार जनाको मृत्यु भएको हो।

उक्त घटनामा परी ज्यान गुमाउनेमा संखुवासभा खाँदबारी नगरपालिका-६ का अन्दाजी २७ वर्षीय सागर घिमिरे छन्। सागरको मृत्यु भएको उनका ठूला बुवा खड्गबहादुर घिमिरेले पुष्टी गरे।

समाचार संस्था एपीका अनुसार घरमा आगजनी गर्ने र गोलीबारी गर्ने व्यक्ति पनि मारिइसकेका छन्। बाल्टिमोर प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार गोली हान्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन हुन्। उनी सोही ठाउँमा बस्ने गरेको प्रहरीले जनाएको छ। आगजनी र गोली किन चलेको हो भन्ने खुलिसकेको छैन।

चार जना प्रहरीले एभर्टनमाथि गोली चलाएर मारेको एपीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको भिडिओमा एक घरमा आगलागी भइरहेको देखिन्छ।

आगलागी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे।

प्रकाशित मिति: : 2021-05-09 13:15:00

प्रतिकृया दिनुहोस्