'रेल नल्याए फरक नपर्ला, उद्योग नबचाए श्रमिक जोगाउन सकिन्न'

सेतोपाटी

काठमाडौँ

निर्मला घिमिरे

कोाभिड महामारीका कारण ग्रील तथा स्टिल व्यवसाय चौपट भएको व्यवसायीहरूले बताएका छन्। पहिलो लकडाउनबाट उठ्न नपाउँदै अहिले फेरि थलिएको ग्रील तथा स्टिल व्यवसायी महासंघले जनाएको छ। 

'कोभिड केही कम हुँदै गएपछि थोरै गति लिन खोजेका थियौं। अचानक स्टिल तथा ग्रीलजन्य वस्तुको मूल्य अस्वभाविक रूपमा बढ्यो। त्यसपछि हामी कामै गर्न नसक्ने अवस्थामा पुग्यौं,' महासंघका अध्यक्ष मोहन कटुवालले सेतोपाटीसँग भने। 

उनका अनुसार ग्रील तथा स्टिलजन्य वस्तुमा कोरोनाको पहिलो लहरपछि ३० देखि ४० प्रतिशतसम्म मूल्य बढ्यो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपाली बजारमा पनि बढेको व्यवसायीहरूले बताएका थिए। तर भाउ बढेकाले कामै गर्न नसकिने अवस्था भएर महासंघले सम्बन्धित व्यवसायीलाई छलफलका लागि बोलाएको थियो। 

'अचानक भाउ धेरै बढेपछि काम गर्न सकिएन। त्यसपछि महासंघले रोलिङ मिल तथा हार्डवेयरका प्रतिनिधिसँग छलफल गर्‍यो। मूल्य पहिलेकै अवस्थामा ल्याउन सफल त भयौं,' कटुवालले भने, 'तर फेरि कोरोना फैलियो, काम गर्न नपाउँदै चौपट भयो नि।'

प्रकाशित मिति: : 2021-05-06 21:27:00

प्रतिकृया दिनुहोस्