'फरार आरोपी'लाई किन पक्रिदैन प्रहरी ?

आफुसँग असहमत व्यक्तिलाई भौतिक रुपमै आक्रमण गर्न पछि नपर्ने उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोको ‘मुङ्ग्रे’ चरित्रप्रति स्थानीयवासी वेखबर छैनन्।

एकपछि अर्को गर्दै फागोबाट प्रताडित हुनेको सुचिमा पछिल्लोपटक उर्लाबारी–९ का नारायण बस्नेत थपिए। फरक के भने, मान्छे कुटपिट गरेपछि माफी मागेर उन्मुक्ति पाउँदै आएका फागो यसपटक भने ‘कानुनी फन्दा’मा परेका छन्।

अभद्र व्यवहार कसुरमा उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ। गत बैशाख १३ गते जाहेरी परेपनि दुई साता बितिसक्दा आरोपीद्वय उर्लाबारी–५ का खड्गबहादुर फागो र उनका भतिजो दुर्गा फागोलाई प्रहरीले नियन्त्रणमा लिएको छैन।

गत चैत ३० गते नगरपालिका परिसरमै फागोद्वयले नारायण बस्नेतमाथि निर्ममतापुर्वक आक्रमण गरेका थिए। किटानी जाहेरी दर्ता भैसकेपछि आरोपीलाई नियन्त्रणमा लिनैपर्ने बाध्यकारी अवस्था छ। तर, प्रहरीले फागो काका–भतिजलाई ‘फरार’को सूचीमा राखेर शान्ति सुव्यवस्थाको कर्तव्य पुरा भएको भ्रम छरेको देखिन्छ।



उर्लाबारीका मेयर फागाे ‘फरार आरोपी’को सूचीमा !

मेयर फागो र उनका भतिजाविरुद्ध अभद्र व्यवहारमा मुद्दा !



पीडकलाई पक्राउ गर्नुको साटो कुनै ‘उडन्ते धम्की’ आएको भरमा उल्टै मेयरको सुरक्षाका खातिर प्रहरी सक्रिय भएको छ।

कतिसम्म भने फागो निश्चिन्त उर्लाबारीमै हिँडडुल गरिरहेका देख्न सकिन्छ। विहिबार साँझसम्म इलाका प्रहरी कार्यालय उर्लाबारीको भेनले नगरपालिका गेटअघि ‘पेटोलिङ’ गरिरहेको थियो। यसबाट कहीँ न कहीँ मेयर फागो र उर्लाबारी प्रहरीबीच अन्तरसम्बन्ध रहेको अनुमान सहजै गर्न सकिन्छ।

एक प्रहरीले भने–'इन्सपेक्टर सा’बले फागोलाई पक्राउ गर्ने जोखिम नउठाउनुको कारण एसपीसा’बको ग्रिन सिग्नल नपाउनु नै हो।'

प्रहरी स्रोतका अनुसार फागो पहुँचवाला छन्। उनको सम्बन्ध मोरङ प्रहरी प्रमुख सन्तोष खड्कासँग भएकाले उनी संरक्षित हुँदै आएका हुन्। यद्यपि, इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खडकाले भने–‘अनुसन्धान भइरहेको विषय हो, कोसँग कस्को सम्बन्ध छ, त्यसले अर्थै राख्दैन।’



उर्लाबारीका मेयरद्वारा सेवाग्राहीमाथि कुटपिट 

मेयरद्वारा पिटिएका व्यक्तिलाई अभद्र मुद्धा

मेयरको अगुवाईमा सेवाग्राहीमाथि भएको आक्रमणबारे एमाले र यूवा संघद्वारा निष्पक्ष छानविन गर्न माग

प्रकाशित मिति: : 2021-05-06 20:01:00

प्रतिकृया दिनुहोस्