मेयर फागो र उनका भतिजाविरुद्ध अभद्र व्यवहारमा मुद्दा !

उर्लाबारी नगरपालिकाका मेयर र उनका भतिजोविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता गरिएको छ। उर्लाबारी–५ घर भएका नगर प्रमुख खड्गबहादुर फागो र दुर्गा फागोलाई प्रतिवादी बनाई उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएका हुन्। 

गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेको मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ। ‘उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पुगेका थियौ’ स्थानीय भुपाल थापाले भने– सख्त कुटपिट भएका बस्नेतलाई उद्धार गर्नुको साटो प्रहरीले उल्टै नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलायो।



उर्लाबारीका मेयरद्वारा सेवाग्राहीमाथि कुटपिट 

मेयरद्वारा पिटिएका व्यक्तिलाई अभद्र मुद्धा



चौध दिन हिरासतमा बसी तीन हजार धरौटीमा छुटे लगतै बस्नेतले मेयर फागो र उनका भतिजोलाई उस्तै कसुरमा जाहेरी दिएका हुन्। इलाका प्रहरी कार्यालय उर्लाबारीले फागोद्वयको विरुद्धमा जाहेरी नलिएपछि सरकारी वकिल कार्यालयमार्फत जाहेरी दरखास्त दिएको पीडित बस्नेतले बताए।

उर्लाबारी–५ का खड्गबहादुर फागो र दुर्गाबहादुर फागोलाई प्रतिवादी बनाई नारायण बस्नेतले दिएको उजुरी इप्रका उर्लाबारीमा पठाइएको सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए। तर, इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले भने बस्नेतले दिएको जाहेरीका बारेमा अस्पष्ट जवाफ दिए। उनले भने–‘हामीले जाहेरी आइपुग्यो-आइपुगेन भनेर जवाफ दिन मिल्दैन।’ प्रनि खडकाका अनुसार नगरपालिकामा भएको घटना छानबिनकै क्रममा रहेको छ।



मेयरको अगुवाईमा सेवाग्राहीमाथि भएको आक्रमणबारे एमाले र यूवा संघद्वारा निष्पक्ष छानविन गर्न माग

मेयर फागोको समूहबाट पिटिएका भण्डारी भन्छन्- धम्कीका कारण भूमिगत भएको हुँ



‘उजुरी दर्ता भइसकेको अवस्थामा आरोपीलाई पक्राउ गर्न प्रहरी संगठन बाध्यकारी हुन्छ’ अधिवक्ता गणेश लुइटेल भन्छन्– अब आरोपीलाई पक्राउ गर्ने÷नगर्ने प्रहरीकै भुमिकामा भर पर्छ। जे भए नि प्रतिवादी बनाइएका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ नै ! 

स्रोतका अनुसार प्रतिवादी फागोद्वयलाई ‘स्थानीय सत्ता र शक्ति’को आडमा प्रहरीले नियन्त्रणमा लिने सम्भावना कम छ। तर, आरोपीलाई ‘फरार व्यक्ति’को सुचीमा राखेर समयावधि गुजार्ने उर्लाबारी प्रहरीको प्रारम्भिक तयारी देखिन्छ।

स्रोतले भन्यो–पहुँचमा भएका व्यक्तिहरु कानुनको नजरमा ‘फरार’ भई म्याद गुजारेर अदालतबाट धरौटीमा उन्मुक्ति पाउने नजीर नै छ। मेयर फागो र उजका भतिजोले यही नजीरलाई ‘फलो’ गर्ने निश्चित छ।

प्रकाशित मिति: : 2021-04-29 18:27:00

प्रतिकृया दिनुहोस्