यूपीः चुनावमा खटिएका दुई हजार कर्मचारीको कोरोनाबाट मृत्यु 

Photo: Bhaskar
Photo: Bhaskar

भारतको  उत्तर प्रदेशको स्थानीय निर्वाचनमा खटिएका दुई हजारभन्दा बढी सरकारी कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

पञ्चायत निर्वाचनको क्रममा खटिएका सात सय छ जना शिक्षकको कोरोना संक्रमणका कारण मतगणना अघि नै मृत्यु भइसकेको छ। मृतकको परिवारका सदस्यहरूले सदाका लागि सहारा गुमाएका छन्।

भारतमा पछिल्लो समय कोरोना महामारीबाट दिनहुँ मृत्यु र संक्रमित हुनेहरूको दर बढिरहेको छ।

मतगणना पछि यस राज्यमा मृतकको संख्या दैनिक एक हजार पार गरेको उत्तर प्रदेशीय प्राथमिक शिक्षक संघले जनाएको छ।

डा. दिनेशचन्द्र शर्माले मुख्यमन्त्री योगी आदित्य नाथलाई चिठ्ठीमार्फत् मृतक शिक्षकहरूको विवरण–पत्र पठाएका छन्। उनी उत्तर प्रदेशीय प्राथमिक शिक्षक संघका समेत अध्यक्ष हुन्।

एक साताको अवधिमा चुनावमा खटिएका शिक्षकहरूको मृत्यु संख्या चिन्ताजनक तवरले बढिरहेको छ। शिक्षक संघले मृतक कर्मचारीका परिवारलाई जनही ५० लाख दिनुपर्ने समेत माग गरेको छ। 

कोरोना संक्रमणबाट सरकारी कर्मचारीहरूको मृत्युले अन्य कर्मचारी समेत त्राशमा रहेका छन्। कर्मचारीहरू कार्यालयमा आउन डराइरहेका छन्। नगर निगमका कयौं कर्मचारी समेत कार्यालय आएका छैनन्।



गान्धीजी 'स्पेनिश फ्लू'ले मरेका भए 'भारतको आजादी' कथा लेखिने थिएन

भारतमा एकै दिन झण्डै चार हजारको मृत्यु, चार लाख १२ हजार सङ्क्रमित

लखनऊमा अक्सिजन सिलिन्डर विस्फोट, तीन जनाको मृत्यु

भारतमा पेट्रोल, डिजेलको मूल्यवृद्धि

प्रकाशित मिति: : 2021-05-06 18:14:00

प्रतिकृया दिनुहोस्