लखनऊमा अक्सिजन सिलिन्डर विस्फोट, तीन जनाको मृत्यु

Photo - Amar ujala
Photo - Amar ujala

भारतको उत्तर–प्रदेश लखनऊमा बुधबार अक्सिजन गृहमा विस्फोट हुँदा तीनको मृत्यु भएको छ।

देवा रोडस्थित केटी अक्सिजन गृहमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना गम्भीर घाइते भएका छन्।

स्थानीयका अनुसार सिलिन्डरमा अक्सिजन भर्दै गर्दा लिक भएर दुर्घटना भएको हो। मृतकमध्ये एकजना गृहका कर्मचारी र अर्का अक्सिजन भर्न आएका व्यक्ति हुन्।

अक्सिजन गृहमा सिलिन्डर विस्फोट हुँदा बाहिर सयौँ मानिस अक्सिजन भर्न तैनाथ रहेको प्रहरीको भनाई छ। अक्सिजन भर्न मेसिन–छेउ पुगेका युवाको शरीर विस्फोट लगतै धुजा–धुजा भएको प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनास्थल वरिपरी रहेको थ्रुपै मानिस समेत घाइते भएका छन्। उत्तर–प्रदेशमा पछिल्लो समय अक्सिजनको संकट छ।

लखनऊ प्रहरी र उद्दार टोली तत्काल दुर्घटनास्थल पुगेर घाइतेहरूलाई अस्पताल पु-याएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार दुर्घटनाको गम्भीर तरिकाले छानविन हुने बताइएको छ।

प्रकाशित मिति: : 2021-05-05 20:03:00

प्रतिकृया दिनुहोस्