निषेधाज्ञामा मास्क नलगाएर हिँड्नेलाई कारवाही हुने

शनि शाक्य

काठमाडौँ

ललितपुर महानगरीय प्रहरीले निषेधाज्ञामा अटेरी गरेर हिँड्ने र मास्क नलगाउनेलाई कारवाही गर्ने भएको छ।

प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै हिजो (मंगलबार)देखि कारवाही थालेको हो। नियम लागु भएको सोही दिन नै सात जना कारवाहीमा परेका थिए।

सरकारले जारी गरेको निषेधाज्ञाको अवज्ञा गरेमा वा मास्क नलगाएर हिँडेमा न्युनतम सय रुपैयाँदेखि तीन सयसम्म जरिवाना गरिनेछ। 

उपत्यकामा जारी निषेधाज्ञालाई सर्वसाधारणले विभिन्न वाहनामा अटेरी गरेको पाइएपछि प्रहरी चेकजाँच कडा गराएको छ।

प्रकाशित मिति: : 2021-05-05 11:53:00

प्रतिकृया दिनुहोस्