म्यान्मारको छिन् राज्यमा नागरिक आक्रमणद्वारा आठ सैनिक मारिए

निर्मल खराल

मोगोक - म्यान्मार
Photo : Myanmar Now
Photo : Myanmar Now

म्यान्मारको उत्तरपूर्वी राज्य  छिन्-स्थित हाखामा नागरिक समूहको आक्रमणबाट आठ सरकारी सैनिक मारिएका छन्।

स्थानीयका अनुसार आइतबार र सोमबार राजधानी हाखामा भएको झडपमा उनीहरू मारिएका हुन्।

म्यान्मार सैन्य ‘कू’ विरुद्ध देशका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन भइरहेको छ। पछिल्लाे समय नागरिकको आवाजलाई दबाउन सैन्य शासन 'जुन्ता'ले बर्बर दमन गरेपछि म्यान्मार गृहयुद्धतर्फ प्रवेश गरेको छ।

नागरिकले सैनिक आतंक थाम्न नसकेर प्रतिरक्षाका लागि ठाउँ–ठाउँमा नागरिक दस्ता गठन गरेका छन्। छिन् राज्यको राजधानी हाखामा सैनिकले निरन्तर आक्रमणपछि चीनल्याण्ड डिफेन्स फोर्सले सैन्य जुन्ता परिषद् सदस्यलाई प्रत्यआक्रमण गरेको स्थानीय संचारमाध्यमले जनाएका छन्।

फोर्सको आक्रमणमा परी आइतबार पनि चार र सोमबार चार सैनिक मारिएको स्थानीयहरूको दाबी छ। आक्रमणमा नागरिकतर्फ कसैलाई केही भएको छैन। तर  दश सैनिक भने घाइते भएका छन्।

सेनाको दमनले आजित बनेका उनीहरूले अप्रिलको पहिलो–साता राज्यका नौ शहरमा सैन्य सत्ताविरूद्ध भिड्न नागरिक दस्ता बनाएका थिए।

सेनाले आइतवार आक्रमणसँगै केहीँ स्थानीयलाई बन्दी बनाएको थियो।

हाखाका स्थानीय तत्काल बन्दी बनाइएकालाई रिहा गर्न माग गरेपनि सेनाले सुनेन। बरु उनीहरूले उल्टै आक्रमण गरेको छिन्-ल्याण्ड डिफेन्स फोर्सले मिजिमालाई बताएको छ।



म्यान्मारः समयका दुःखद बिडम्बनाहरु! 

‘कसरी फर्कौं बर्मा, जहाँ सैनिक शासकले बहिनी–ज्वाइँको हत्या गर्‍यो’

म्यान्मारको सशस्त्र विद्रोही समूह ‘केआईए’मा गोर्खा बटालियन 

सैन्य बर्बरता राेक्न 'आसियान सम्मेलन'ले जारी गर्‍याे ५ बुँदे सहमति 

अब हाम्रो पालो आएको छ

'म्यान्मारमा भइरहेको नरसंहारविरूद्ध नेपालले पनि बोल्नुपर्छ'

मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ 

प्रकाशित मिति: : 2021-05-05 11:03:00

प्रतिकृया दिनुहोस्