लकडाउनले ज्यालादारी मजदुर समस्यामा, भन्छन्- राेगबाट जाेगिए नि भाेकबाट मुस्किल भाे

शिलापत्र

काठमाडौँ

निशा श्रेष्ठ

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै चितवनमा पनि निषेधाज्ञा लगाइएको छ । सरकारले लगाएको निषेधाज्ञाका कारण दैनिक ज्यालादारीका मजदुर समस्यामा परेका छन् ।

एकातिर रोग लाग्ने डर छ भने अर्कोतिर खान नपाइने हो कि भन्ने चिन्ता । गरिखाने वर्गलाई कोरोना पिरैपिर लिएर आएको मजदुर तथा चोकचोकमा चटपटे व्यापार गर्नेहरू बताउँछन् ।

तारादेवी परियारको जीवन निर्वाहको पेसा हो पानीपुरी/चटपटे व्यापार । निषेधाज्ञा जारी भएसँगै तारादेवीको एउटै चिन्ता छ– के  खाने ? कसरी बिहान-बेलुकाको गुजारा टार्ने ? चितवनमा निषेधाज्ञाको अघिल्लो दिन भेटिएकी उनी बेचैन देखिन्थिन् ।

धादिङ घर भएकी तारादेवीको परिवार २०७० सालदेखि नारायणगढमा डेरामा बस्दै आएको छ । परिवारमा एक छोरा, श्रीमान् र उनी छन् । तारादेवी र उनका श्रीमान् मिलेर नारायणी तीरमा चटपटे बेच्छन् ।

अघिल्लो वर्षको लकडाउन अगाडिसम्म चटपटे बेचेरै पनि उनको परिवार आरामसँग चलिरहेको  थियो । लकडाउनकै समयमा आमाछोरा नै  बिरामी भएपछि ४ लाख ऋण लाग्यो । लामो समयको लकडाउनपछि विस्तारै ऋण तिर्दै गुजारा चलाउँदै थिए । एक्कासि निषेधाज्ञाको खबर सुनेपछि तारादेवीको मन पोलेको छ ।

प्रकाशित मिति: : 2021-05-04 12:31:00

प्रतिकृया दिनुहोस्