मोरङको रतुवामाईमा एक महिलाको शव फेला परेको शवको पहिचान खुल्न सकेको छैन।
रतुवामाई नगरपालिका—४ भद्र चोकस्थित मकैबारीमा अन्दाजी ३२ वर्षीय महिलाको शव फेला परको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मानबहादुर राईका अनुसार स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले कुकुरको सहयताले अनुसन्धान गरेको थियो। घटनास्थलदेखि कुकुर आम्बारी बजार चौकसम्म आएर रोकिएको थियो।
शवको पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएको छ।