सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
कृषि मन्त्री पद्मा अर्यालले दिएको जानकारीअनुसार बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।