आज देशका अधिकांश ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
शनिबार राति सामान्य वर्षा भएको थियो। दिउँसो पनि देशका पहाडी क्षेत्रहरुमा वर्षा र उच्च हिमाली क्षेत्रहरुमा हिमपातको सम्भावना छ।
नेपालमा पश्चिमी वायु प्रवेश गरिसकेकोले मौसममा फेरबेदल भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू-भाग तथा अन्य पहाडी भेगमा बदली र हल्का वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् प्रतिमा मानन्धले जानकारी दिइन्।
केही दिनसम्म हल्का बदली हुनेछ।