गद्यरचनाको अक्षर यात्रा

लोकान्तर

काठमाडौँ

कमल रिजाल

साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो हरिअधिकारी । नेपाली साहित्यको आकाशमा सिद्धहस्त लेखक मानिन्छन् उनी । कुशल पत्रकार समेत रहेका हरि दाइ कुशल अखबारी लेखक पनि हुन् ।

रसिलो र धितमर्दा हुन्छन् उनका राजनीतिक टिप्पणी । लेख, निबन्ध, प्रबन्ध, कथा, कविता, आख्यान सबैतिर उत्तिकै रेसमा छन् उनका कलम । नेपाली लेखक, साहित्यकारमाझ छुट्टै पहिचान छ उनको । शब्द भण्डार उनको विशेषता हो भने तिनका लालित्यपूर्ण संयोजन खुबी ।

लर्तरो लगन, साधना र अभ्यास विना सम्भव नै हुँदैन यस्तो तर उनका लागि भने बायाँ हातका खेल मानिन्छन् यी सबै । यति सजिलै नयाँ–नयाँ शब्द प्रयोग गरी रचनामा मिठास भर्छन् कि लाग्छ जादूगर नै हुन् शब्दका मामिलामा, शब्द खेलाउने मामिलामा । कुन ठाउँमा कुन शब्द प्रयोग गर्दा पाठक लठ्ठिन्छन् भन्ने उनलाई राम्रै थाहा छ । त्यसैले त सदाबहार राखेका छन्, राख्न सकेका छन्, राख्न सफल भएका छन् चिरन्तन पाठकलाई ।

एउटै व्यक्तिको पनि कतै आलोचना र कतै प्रशंसा भेटिन्छन् उनका कलममा । कतिलाई लाग्दो हो यस्तो विरोधाभाष किन ? तर यो विरोधाभाष होइन, यसैमा छिपेको छ उनको विशेषता । व्यक्ति आफैंमा पूर्ण पनि हुन्न र राम्रो नराम्रो पनि हुन्न, यी सबै उसले गरेको काममा भर पर्ने कुरा हो भन्ने कुुुुरा राम्रै थाहा छ उनलाई । थाहा छ र त निर्धक्क गर्ने गर्छन् त्यस्तै टिप्पणी । यसैलाई कसैले रुखो र खरो देख्छ भने त्यो उसको दृष्टिदोष हो । उनका लागि भने दोष होइन गुण हो यो । कुशादेवी काभ्रेका मध्यमवर्गीय अधिकारी ब्राह्मण पुत्रलाई हरि अधिकारी बनाएको छ यसैले नै  ।  

प्रकाशित मिति: : 2021-05-01 12:55:00

प्रतिकृया दिनुहोस्