कलंकीमा फरक दृश्य : घर फर्कनेलाई गाडी चढाउन प्रहरीको साथ (भिडियो)

रातोपाटी

काठमाडौँ

शम्भु दंगाल

धादिङ गजुरीकी विष्णुमाया बसेल आफ्नो ७ महिने बच्चाको उपचारका लागि निषेधाज्ञा अघि काठमाडौं आएकी थिइन् । कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका बेला काठमाडौंमा बन्दाबन्दी भयो । विहीबार अस्पतालले डिस्चार्ज गरेपछि उनी एक रात भाइको कोठामा बसिन् ।

घर जानका लागि कुनै गाडीमा लिफ्ट पाइने आशामा शुक्रबार उनी कलंकी चोकमा भाइ–बुहारीसहित पुगेकी थिइन् । उनका भाइ काठमाडौं बाहिर गइरहेको कुनै खाली गाडीमा लिफ्ट मिलाइदिन प्रहरीलाई आग्रह गरिरहेका थिए ।

एकैछिनमा प्रहरीले एउटा ट्रक रोकेर अगाडिको सिटमा उनीहरुलाई चढाइदियो । उनीहरु खुसी हुँदै घरतिर लागे ।

महोत्तरीका जहागिर शाखी, काठमाडौंको बागबजारमा कपडाको व्यापार गर्थे । आँखाको उपचारका लागि समय लागेकाले बन्दाबन्दीअघि उनी घर फर्कन पाएनन् । बागबजारबाट रिक्सा चढेर उनी कलंकी पुगे । उनले पनि काठमाडौं बाहिर जाने सवारी रोकिदिन प्रहरीलाई अनुरोध गरे । प्रहरीले महोत्तरीतर्फ जाने ट्रक कुनै छ कि भनेर रोक्दै सोधिरहेको थियो ।

प्रकाशित मिति: : 2021-04-30 21:03:00

प्रतिकृया दिनुहोस्