वेलकम टु धार्चे हिल (फोटो/भिडियो)

प्रकृति र संस्कृतिका खुला संग्रहालय हो धार्चे।

वोन धर्मका अनुयायी यहाँका स्थानिय समुदाय प्रकृतिलाइ देवताको रुपमा मान्छन।

धार्चे, वारपाक सुलिकोट र आरुघाट गाउँपालिकाका साझा सिमानामा पर्ने धार्चे डाँडा समुद्र सतहवाट ३२२० मिटरमा अवस्थित छ।

'धर्ज' भन्नाले ध्वजा, 'गाङ' डाँडा हो अर्थात ध्वजा गाड्ने डाँडासंग यहाँको प्रकृति पुज्ने पराम्परा र जनविश्वाससंग जोडिएको छ। प्रकृतिक पुजक यहाँका फेदमा वसोवास गर्ने गुरुङ र घले समुदाय कार्य सिद्धिको कामना, वाहिर जादाँ यात्राको सफलता वा सुरक्षाको लागि खोलानाला र डाँडाहरुमा पुजा गर्दै ध्वजा गाड्ने प्रचलन छ।

डाडाँको काखमा लाप्राक, वारपाक, गुमदा, लापु, थुमि स्वाँरा, पोखरी लगायत दर्जनौ गाउँहरु छन।

धार्चे डाँडा यस क्षेत्रका लागी पानीको प्रमुख मुहान पनि हो। उत्तरमा म्याङलुङ खोला , दक्षिणमा सोति होला, पुर्वमा न्याउली र पश्चिममा मान्द्रे खोलाको मुख्य स्रोत पनि हो।

समाजिक, सांस्कृतिक, प्रकृतिक पर्यटन तथा ऐतिहासिक स्रोत साधनले सम्पन्न मनास्लु हिमालको काखमा पर्दछ धार्चे डाँडा।

अध्यात्मिक र प्रकृतिक महत्व वोकेको डाँडामा पुग्दा मनमा आनन्द हुन्छ। प्यानारोमिक हिमालका दृश्यहरु देखिन्छ। बौद्ध हिमाल, मनास्लु हिमाल, गणेश हिमाल, लाङटाङ र अन्नपूर्ण रेञ्ज हिमालको लहर देख्न सकिन्छ। विविध वनस्पति , चराचुरुङगी , वन्यजन्तु र जडीबुटीले पनि धनि छ धार्चे लेक।

धार्चेको काखमा बसोबास गर्ने अधिकांस घले र गुरुङ समुदायहरु बोन धर्मावलम्बी हुन। उनिहरुले धार्चे डाँडालाई देवताका रुपमा पूज्ने गर्छन। वर्षेनि वन झाँक्री आएर पुजा गर्छन। गाउँलेले आस्था केन्द्रको रुफमा ढुङ्गाबाट बनेका कुकर र 'न्यूँसेन', साथै वनझाँक्रीले बनाएको एउटा पुल 'इस चाम' पनि छ।

हिन्दू धर्माबलम्बीहरूले समेत धार्चेलाई पवित्र भूमिका रुपमा मान्ने गर्छन। त्यहाँ एउटा शिवको मन्दिर पनि स्थापित गरेका छन। पहिला यहाँ विभिन्न ठाउँबाट योगी र साधु सन्तले योग, ध्यान गरेको विश्वास छ। धार्चेको लापुवासीका ‘ग्रेट माउन्टेन होलिडेज्' नामक ट्रेकिङ कम्पनी सञ्चाल गणेश गुरूङले यहाँ प्रचुर धार्मिक पर्यटनको सम्भावना रहेको बताउँछन्।

मनास्लु पर्यटन विकास समितिले आयोजना गरेको गुम्दाका दुइवटा गुफा अध्ययन सकेर धार्चे डाँडामा नया वर्ष मनाउने अवसर जुरेको थियो। समितिका अध्यक्ष साने गुरुङको नेतृत्वमा एक गुफा अध्ययन टोलीले वडा-४ गुम्दाको यामगाँउ नजिकै सात २ वटा गुफाको अध्ययन तथा अनुसन्धान गरिएको हो।

समितिले डाँडाका सिमाना पर्ने पालिकाका प्रमुख, प्रतिनिधि र सरोकारवालाइ एक ठाउँ बोलाएर पर्यटन गुरुयोजनाको छलफल कार्यक्रम राखेको थियो।

धार्चे डाडाँलाइ 'हिल डेस्टिनेशन'को रुपमा विकास र प्रवर्धन गर्ने योजना अघि सारेको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले वताए। 'यो ठाउँ अत्यन्त सुन्दर छ, उत्तर तिर हिमालको लर्कन र धार्मिक महत्व बोकेको ठाउँ हो,' उनले भने, 'हामी धार्चे, बारपाक सुलिकोट, र आरुघाट गाउँपालिका मिलेर साझा पर्यटकिय गन्तब्य वनाउन जुट्नेछौ।'

त्यस्तै वारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले धार्चेको पर्यटन विकासको लागी साझा अवधारणा वनाएर सिमाना जोडिएका सबै गाउँपालिका मिलेर जान पर्ने औल्याए।

समितिका अध्यक्ष साने गुरुङले लोवर मनास्लु समेत रहेका धार्मिक महत्व वोकेको धार्चेलाइ पर्यटन गुरुयोजना वनाएर ब्राण्डिङ गर्न आवश्यक रहेको वताए। तिनवटै गाउँपालिकाको साझा स्थललाइ सामुहिक छलफल र पर्यटन पुर्वाधारमा बजेट विनियोजन गर्न आग्रह समेत गरेका थिए।

हामी चैत ३१ गते नया वर्षको पुर्व सन्ध्यामा धार्चे डाँडामा पुगेका थियो। गुम्दाबाट केहि पर खोलाको तिरै तिर हिडेर ३.३० घण्टा जङगल र गोठ पहिल्याउदै वेसक्याम्प पुगेर रातको वास वसेका थियौ। करिव २८०० मिटरको बेसक्याम्पमा वारपाक, सुलिकोट, अजिरकोट, लाप्राक, गुम्दा,आरुघाट लगाएतका युवाहरु नया वर्ष मनाउन पुगेका थिए।

क्याम्प फायर र नाचगानसहित नया वर्षको प्रतिक्षारतमा युवाहरुले रातभर रमाइलो गरे। यमागाँउ, लप्सिकोट, लापु , सौरपानी, पोखरी , माछा खोला, स्वाँरा लगाएत गाउँ वस्ति देखि सयौ युवायुवति नया साल मनाउन धार्चे पुगेका थिए।

विहानै करिव एक घण्टाको उकालो वाटो हिडेर धार्चे डाडाँ पुग्यौ। वाटाभरी गुराँस फुलेका थिए। मौसम धुम्म परेकोले हिमालको दर्शन गर्न सकिएन। 'हिमाल अवलोकन गर्न फेरी आउन पर्छ,' संचारकर्मी मित्र अमृत भादगाउँलेले भने।

नयाँ वर्षको दिन धार्चे डाँडामा सयौ युवा युवती लगाएत वृद्ध आमाबाबाहरु पनि वडो उल्लासका साथमा डाँडाबाट पहिलो घामको किरणसंगै नया वर्षलाइ स्वागत गरे। हामी पनि स्थानियसँगै कोरोना महामारीवाट मुक्ति, सुख शान्ति र घर परिवार- समाजमा मेलमिलाप तथा आपसी सद्भावको कामना गर्दै नया साल २०७८ लाइ धुमधामले स्वागत गरियो।

धार्चे डाँडा पुग्न चारैतिरवाट पुग्न सकिन्छ। बारपाक, मम्चे, नयावस्ति लाप्राक, नम्बे खर्क हुदै धार्चे डाँडा पुग्न सकिन्छ। गुप्सीभञ्ज्याङदेखि सुम्बेखर्क, धार्चे डाडाँ, भएर भिरकोट हुदै माछाखोलासम १७ किलोमिटर लामो ‘इपिसेण्टर एडभेन्चर ट्रेल’ निर्माण गरिएको छ। यो ट्रेल साइक्लिङ र पदयात्राका लागि प्रवर्धन गरिसकेको छ।

नम्बे, सुम्बेखर्क र धार्चेडाँडामा खानेपानी, चर्पी र सामुदायिक होटल आबश्यक रहेको चर्चित मित्र भादगाउँलेको सुझाव छ। लोवर मनास्लु क्षेत्र समेत रहेको धार्चे डाँडा रुवि नालाको प्रवेशद्वार, इपिसेन्टर एडभेन्चर ट्रेल, लाप्राक नयाँ वस्ती , गुफा पर्यटन, ऐतिहासिक वारपाक गाउँ, सुर्योदय र सुर्यास्त लगाएतले 'धार्चे हिल डेष्टिनेशन' को रुपमा छिट्टै चम्किने छ। धार्चे हिलबाट सबैलाइ नया वर्ष २०७८ को शुभकामना !

कसरी पुग्ने ?

काठमाण्डुदेखि आवुखैरेनिसम्म पृथ्वीराजमार्गको सडक १२८ किमी। आँबुखैरेनीबाट गोरखा बजारतिर १२ किलोबाट दरौदी खोलाको तिरै तिर बारपाक वस्ति हुदै गुप्सी भञ्ज्याङ जिपमा करिव ६५ किमि।

गुप्सी भञ्ज्याङ या लाप्राक नयाँ वस्तीबाट करिव ३-३.३० घण्टा हिँडेर धार्चे डाँडा पुगिन्छ। त्यसैगरी वारपाक र गुम्दावाट पनि हिँडेर पुग्न सकिन्छ।

प्रकाशित मिति: : 2021-04-30 20:00:00

प्रतिकृया दिनुहोस्