शिलापत्र
बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी वार्डबाहिर कोरिडरमा तीन वटा बेड थपेर उपचार गरियो । कारण हो, अस्पताललाई भएको अपुग बेड र खुल्ला स्थान ।
बेड क्षमता ६० भए पनि टेकु अस्पतालले बिहीबारसम्ममा ६९ संक्रमितको उपचार गराइरहेको छ ।
‘बिरामी फर्काउन पनि सकिँदैन,’ टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन्, ‘त्यसैले हामीले ३ वटा बेड इर्मेजेन्सी वार्डअगाडि थपेका छौँ । के गर्नु यस्तो बेला त उपचार गर्नै पर्यो नि ।’
उपत्यकामा दैनिक संक्रमितको संख्या बढेसँगै कोभिड अस्पतालहरूमा बेडको संख्या अपुग हुने थालेको छ । अधिकांश अस्पताल संक्रमितले भरिएका छन् ।
डा. सागर भन्छन्, ‘यदि यही अनुपातले बिरामीको संख्या बढ्ने हो भने हामी टेकुको आँगनमा पनि संक्रमितको उपचार गराउनेछौँ ।’
कोभिडको दोस्रो लहर हप्ता दश दिनमा उत्कर्षमा पुग्दानपुग्दै सतुंगलस्थित एपीएफ अस्पताल पूरै कोभिड अस्पतालमा परिणत भइसकेको छ । एपीएफ अस्पतालले बेड क्षमता १४० भए पनि हाल १४५ जना संक्रमितको उपचार गराइरहेको छ । त्यतिमात्रै नभएर शंकास्पद संक्रमितको छुट्टै उपचार गराइरहेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया