ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
सोमबार पिसिआर परिक्षण गरेका मन्त्री रायमाझीको गएराति कोरोना पोजिटिभ रिपोर्ट आएको उनका प्रेस सल्लाहकार अर्जन भुसालले जानकारी दिएका छन्।
मन्त्री रायमाझीले कोरोनाको सामान्य लक्ष्यण देखिएपछि पिसिआर गरेका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले ‘होम आइसोलेशन’मा रहेको सल्लाहकार भुसालले बताए।