नेकपा एमालेबाट निलम्वित माधव नेपाल समूहका रोल्पा अध्यक्ष हरिप्रसाद घर्तीलाई एमाले जिल्ला कमिटीले स्पष्टीकरण सोधेको छ।
अध्यक्ष घर्तीसहित उनकै समूहका सचिव ओमराज घर्तीलाई ७ दिनभित्र जवाफ दिने गरी एमाले रोल्पाले स्पष्टीकरण सोधेको हो।
लिवाङमा सम्पन्न जिल्ला कमिटीको बैठकले एमालेको विधान, नियमावली र अनुशासन उल्लंघन गरी पार्टीलाई खलबलाउने काम गरेको भन्दै उनीहरुलाई स्पष्टिकरण सोधिएको एमाले जिल्ला सचिव निम प्रसाद रोकाले जानकारी दिए।
राेकाका अनुसार उनीहरुले दुवैले ७ दिन भित्र स्पष्टीकरण दिनुपर्नेछ। यदि न्यायीकपूर्ण जवाफ नदिएमा पार्टी सदस्यताबाट समेत निलम्बन गर्न लुम्बिनी प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको उनले बताए।