सबैले सुनेको नाम हो, जलजला।
त्यो चाहे गीतमा होस्। पुस्तकमा होस्। या चलचित्रमा।
रोल्पाको ५० प्रतिशत सौन्दर्यता बोकेको जलजला पहाड थबाङ गाउँपालिकामा पर्छ। त्यसो त 'फूलैफूलको पहाड' पनि भनिन्छ, जलजलालाई।
यतिबेला जलजला गुराँसहरुले श्रृङ्गारिएको छ। जलजलामा सेतो र रातो गुँरासहरु फुलेको पाईन्छ। त्यस बाहेक जलजलामा ३ हजारभन्दा बढि प्राकृतिक फूलहरु फुल्छन्।
जलजला पहाड रोल्पाको मिरुल, धवाङ, जेल्वाङ, सेरम र उवा लगायतका भुगोलसगँ जोडिएको छ। जलजलाको प्राचिन नाम 'गामा' हो। मगर खाम भाषामा 'गामा' भनेको 'अग्लो लेकको बुटी' भन्ने हुन्छ।