कोरोनाको दोस्रो लहरः भारतले गरेका गल्ती

अनलाइनखबर

काठमाडौं

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भारतमा ३ लाख ४९ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या विश्वभर एकैदिनमा थपिने कोरोना संक्रमित संख्याको करिब एक तिहाइ हो।

कोरोनाको दोस्रो लहर अहिले भारतभर फैलिएको छ। केही राज्यले कोरोना संक्रमण नियन्त्रणको लागि सामाजिक गतिविधिमा कडाइ गर्ने नियमहरु ल्याएका छन्। तर, संक्रमण भने दिनानुदिन बढ्दो छ।

संक्रमण ह्वात्तै बढेसँगै भारतमा स्वास्थ्य संकट पनि देखिएको छ। विशेषगरी अहिले भारतमा अक्सिजन अभाव, आईसीयू बेडको अभाव तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीको अभाव देखिएको छ।

भारतको स्वास्थ्य संकट

भारतको राजधानी शहर दिल्लीको जैपुर अस्पतालमा शुक्रबार राति अक्सिजन अपूर्ति बन्द हुँदा २० बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसको अघिल्लो दिन दिल्लीकै गंगाराम अस्पतालमा अक्सिजनको आपूर्ति पर्याप्त हुन नसक्दा २५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको थियो।

प्रकाशित मिति: : 2021-04-26 12:17:00

प्रतिकृया दिनुहोस्