‘मेरै टाउकोमा धरहरा खस्यो ! मानिसहरु अझै सोध्छन्, ‘कसरी बाँचिस् ?’

धरहरा ढलेको देख्नेहरूको बयान : टुुप्पोबाट काठमाडौं चिहाउने रहर छ

रातोपाटी

काठमाडौं

आजभन्दा ५ वर्षअघि। अर्थात् १२ वैशाख, २०७२। दिउँसो ११ बजेर ५६ मिनेटमा गएको प्रलयकारी महाभूकम्पमा ढलेको सुन्धारास्थित धरहरा पुनर्निर्माण भएर फेरि ठडिएको छ।

भूकम्पले ढाल्दादेखि पुनर्निर्माणसम्मको अवस्थालाई नजिकबाट नियालेका स्थानीयको धरहरासम्बन्धी अनुभव भने निकै अविस्मरणीय र त्रासदीपूर्ण छ।

निजगढ स्थायी घर भएका भोला (दीपक सापकोटा) विगत १४ वर्षदेखि न्युरोडमा बस्छन्।

शनिबार भएकाले ११ वैशाख, २०७२ का दिन उनी केही फुर्सदिला थिए । ढिलो खाना खाएर बच्चालाई नुहाइदिने तर्खर गरिरहेका बेला एक्कासी जमिन हल्लियो।

त्यही समय, सुन्धारास्थित आफ्नो कपडा पसलबाट कृष्ण बख्रेल र दीपक ओम कश्यपले धरहरा हल्लिरहेको प्रत्यक्ष दृश्य देखे। उनीहरुले केही सोच्न, ठम्याउनै भ्याएनन्।

अर्का स्थानीय वकिल अहमद भाग्दै थिए, ढुंगा र इँटा उनको पछाडि बर्सिरहेको थियो। बम पड्केजस्तो आवाज र चारैतर्फ मानिसहरुको चिच्याहट सुनिन्थ्यो । हेर्दाहेर्दै पहाड थुप्रियो, आकाश अन्धकारमय, जमिनमा धुलो र भग्नावशेष थियो।

प्रकाशित मिति: : 2021-04-24 13:28:00

प्रतिकृया दिनुहोस्