छवी/शिल्पा विवाद के हो ? भन्छिन्– जति सहनु सहेँ, अब म त्यो ‘नर्क’मा फर्किन चाहन्न

बाह्रखरी

काठमाडाैं

 नरेश फुयाँल 

जीन्दगीको गोरेटोमा यदि बक्र रेखाको यात्रा तय हुँदैनथियो त यतिबेला सम्भवतः नायिका शिल्पा पोखरेल चलचित्रमा व्यस्त हुने थिइन् । समकालीनलाई भ्याइनभ्याइ रहेको यो समय उनी पनि व्यस्त रहनेथिइन् भन्ने अनुमान लगाउँदा अतिशयोक्ति नहोला ।

तर, नसोचेको बक्र रेखा भेटियो । जुन रेखा नचाहेरै पनि छिचोल्नु नै छ उनलाई । केही समय यता शिल्पालाई नेपाली चलचित्रबाट खासै अफरहरु आइरहेका छैनन् । कारण छवी ओझा नै भएको उनको ठम्याइ छ । 

“शिल्पालाई लिने हो भने हामीलाई चलचित्र वितरण गर्न अलि गाह्रो होला बाबु भनेर उहाँ (छवी ओझा)ले मलाई अफर गर्ने निर्माताहरुलाई भन्ने गर्नु भएको रहेछ, अनि मलाई कुन निर्माताले अफर गर्ने आँट गर्छ,” शिल्पा बाह्रखरीसँग दुःखेसो पोख्दै भनिन्, “पछिल्लो समय मलाई चलचित्रका लागि अफर नआउनुको कारण छवी नै हो । चलचित्र वितरण नगर्ने धम्की दिएर मलाई नलिन निर्माताहरुलाई भनिरहनु भएको छ ।”

पछिल्लो समय केही सञ्चारमाध्यममा आफ्नो चरित्र हत्या हुनेगरि आएका समाचारहरु पनि छवीराज ओझाकै कारण आएको शिल्पाको दाबी छ । “अहिले जहाँ–जोबाट मेरो चरित्र हत्या गर्ने समाचार आइरहेको छ । त्यो छवीजीको आग्रहमा आएको छ । उहाँहरुको सम्बन्ध र उठबस कस्तो छ मलाई थाहा छ,” शिल्पा भन्छिन्, “अहिले मेरो चरित्र हत्या गर्ने पत्रकारसँग मलाई चिनाउँदा उहाँले तिमी गलत नै छौ भने पनि तिमीलाई सही बनाएर प्रिजेन्ट गराउने काम उहाँले गराउनुहुन्छ भनेर चिनाउनु भएको थियो ।”

शिल्पा आफ्नो चरित्र हत्या गर्ने पत्रकार भनेर नामै लिन्छिन्– प्रकाश सुवेदीको । 

प्रकाशित मिति: : 2021-04-22 14:22:00

प्रतिकृया दिनुहोस्