राष्ट्रिय मानव अधिकार आयोगमाथि अन्तर्राष्ट्रिय प्रश्न– स्तर घटुवाको खतरा कति ?

लोकान्तर

काठमाडौं

केही समयअघि राष्ट्रिय मानव अधिकार आयोगमा भएको पदाधिकारीहरूको नियुक्तिले गर्दा आयोगको स्वायत्तता र स्वतन्त्रता सम्बन्धमा स्वदेश तथा विदेशमा प्रश्नहरू उठे।

आयोग समेतको समग्र संवैधानिक नियुक्तिविरुद्ध सम्मानित सर्वोच्च अदालतमा र अन्तर्राष्ट्रिय निकायमा उजुरी समेत परेको अवस्था छ।

राष्ट्रिय मानव अधिकार आयोगहरू (आयोग) कानूनी हैसियतमा नै शक्तिशाली र स्वतन्त्र हुन्छन्, न कि संवैधानिक हैसियतमा।

संवैधानिक निकायहरू राज्यको अंग वा निकायका रूपमा रहन्छन् भन्ने एकदम सामान्य व्याख्या हो। जसलाई विश्वभरका मानव अधिकारका प्राज्ञहरूले कुनै न कुनै रूपमा स्वीकार गरेकै छन्। तर नेपालमा यसलाई स्वीकार गरिएन।

हाल आयोगमा भएको नियुक्तिले संवैधानिक आयोगको हैसियत रहँदारहँदै पनि नियुक्ति असंवैधानिक भएको भन्ने मानव अधिकारकर्मी, राजनैतिक दल र अन्तर्राष्ट्रिय संस्थाहरूको दाबीले कतै आयोगले सरकारको प्रतिरक्षामा कार्य गर्ने त होइन भन्ने आशंका पनि मानव अधिकार समुदायभित्र रहेको पाइन्छ। 

प्रकाशित मिति: : 2021-04-22 11:21:00

प्रतिकृया दिनुहोस्