अन्तर्राष्ट्रिय मञ्चमा हामी किन छुट्दैछौं ?

अनलाइनखबर

काठमाडौं

‘राइसिना डायलग’ भारतीय विदेश मन्त्रालयको सहयोगमा त्यहाँका थिंक ट्याङ्क अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले हरेक वर्ष आयोजना गर्ने भूराजनीति सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन हो।

सम्मेलनमा विभिन्न देशका सरकार प्रमुख, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख र विभिन्न क्षेत्रका स्वतन्त्र विषय विज्ञले जल्दोबल्दो समसामयिक विषयमा गर्मागर्मी बहस गर्दछन्।

सहभागी मुलुकका लागि आफ्ना विषय र एजेण्डा अन्तर्राष्ट्रिय जगतलाई सुनाउने, बताउने यो एक महत्वपूर्ण ‘प्लेटर्फम’ हो।

कोरोना महामारीका कारण यस वर्ष कार्यक्रम ‘भर्चुअल’ माध्यममार्फत भयो। अप्रिल १३ देखि १६ सम्म भएको कार्यक्रममा विभिन्न देशका २०० भन्दा बढी विज्ञ सहभागी थिए।

अमेरिका, युरोपलगायत एशियाबाट विभिन्न देशका परराष्ट्रमन्त्री र अन्य उच्च सरकारी अधिकारीहरू सो सम्मेलनमा सहभागी थिए। नेपाल र पाकिस्तान बाहेक दक्षिण एशियाका सबै मुलुकबाट सम्मेलनमा सहभागिता थियो।

प्रकाशित मिति: : 2021-04-21 11:28:00

प्रतिकृया दिनुहोस्