भारतीय वैज्ञानिकको दाबी : कोरोना भाइरस जाडोभन्दा गर्मी मौसममा तीव्र गतिमा फैलिन्छ

Photo - BBC
Photo - BBC

विश्वव्यापी महामारी बनिसकेको कोरोनाको विषयलाई लिएर थुप्रै अनुसन्धान भइरहेको सर्वविदितै छ।

युरोपका वैज्ञानिकहरूले कोरोना चिसोमा अत्याधिक छिटो फैलिने तथ्यअघि सारेका थिए। तर, अहिले भारतका वैज्ञानिकले अर्को तथ्य उजागर गरेका छन्।

उनीहरूले कोरोना भाइरसको संक्रमण गर्मीमा तीब्र गतिमा फैलिने जानकारीअघि सारेका छन्। १५ महिना लामो अध्ययन अनुसन्धानपछि १७ भारतीय वैज्ञानिकले यस्तो तर्कअघि सारेका हुन्।

भारतीय सरकार मातहत हैदराबादमा रहेको सेन्टर फर सेलुलर एण्ड मोलिक्युलर बायोलोजी (सीसीएमबी) का निर्देशक डा. राकेश के. मिश्राका अनुसार गर्मीमा मानिसको श्वास तातो बन्ने र संक्रमितले श्वास छोड्ने क्रममा भाइरस सानो–सानो टुक्रामा बाँडिने बताएका छन्।

यस्तो अवस्थामा अतिसूक्ष्म कण श्वाससँगै स्प्रे जस्तै तीब्र गतिमा फैलिने तथा लामो समय हावामा रहने उनको भनाई छ।

यस्तो अवस्थामा मास्क नलगाएको व्यक्ति कोरोना भाइरस भएको ठाउँमा पुगेको खण्डमा उसलाई संक्रमण फैलिने खतरा रहन्छ।

निर्देशक मिश्राले खुला वातावरणमा संक्रमणको खतरा कम भएपनि यो पूर्ण रूपमा सुरक्षित नभएको बताएका छन्।

भारतीय वैज्ञानिकले कोठा, हल, लिफ्ट र बन्द ठाउँमा संक्रमितले झिउँ गर्दा अन्यलाई संक्रमण हुने सम्भावना बलियो रहने बताएका छन्।

हावामा भाइरसले कतिको असर पु-याउने गर्छ भन्ने तथ्य थाहा पाउन वैैज्ञानिकहरूले हैदराबाद र मोहालीको ६४ स्थानमा स्याम्पल टेस्ट गरेका थिए।

यसमा अस्पतालको आइसीयू, सामान्य वार्ड, स्टाफ रुम, ग्यालरी, संक्रमितको घरको बन्द कोठा, भेन्टिलेशन भएको र नभएको घर समावेश गरिएको थियो।

सीसीएमबीका पूर्वनिर्देशक डा. सीएच मोहन रावले संक्रमित व्यक्तिको २–३ मिटरको दुरीमा हुने अर्को व्यक्तिलाई पनि संक्रमणको जोखिम रहने बताएका छन्।

गर्मीमा मानिसको श्वासबाट सानोभन्दा सानो भाइरसको कण निस्किने कारण जाडोभन्दा धेरै समय हावामा यसको असर बाँकी रहने दावी अनुसन्धानमा सहभागी वैज्ञानिकको छ।

घरभित्र भाइरस २ घण्टासम्म सुरक्षित रहने अध्ययनले बताएको छ। त्यसैले घरमा क्रस भेन्टिलेशन अति आवश्यक रहेको वैज्ञानिकहरूको भनाई छ।

अनुसन्धानका क्रममा कोभिड बिरामी बसेको हलको हावामा भाइरसको कण २–३ मिटरको वरिपरि घुमेको देखियो। त्यसैले वैज्ञानिकहरूले संक्रमितलाई हावा आउने कोठामा बस्न सल्लाह दिएका छन्।

उनीहरूले संक्रमित व्यक्ति बाथरुम गएको ३० मिनेटपछि मात्र जान सुझाव दिएका छन्।

यस्तै, सार्वजनिक सवारीमा ३० मिनेटभन्दा बढी यात्रा नगर्न पनि सुझाव दिएका छन्। उनीहरूले संक्रमित व्यक्तिसँग मास्क लगाएर बस्दा ३० मिनेटसम्म भाइरसबाट बच्न सकिने बताएका छन्।



वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारकाे निर्णय 

कोरोनाको नयाँ अनुसन्धानले भन्छ- हावाबाट पनि तीब्र गतिमा कोरोना भाइरस फैलिन्छ

प्रकाशित मिति: : 2021-04-19 14:34:00

प्रतिकृया दिनुहोस्