महेश चौलागाईं
१२ दिन लामो अन्योलपछि नेपाल तरुण दल जुम्लाको जिल्ला अधिवेशनले जन्माएको विवाद अन्ततः साम्य भएको छ।
पार्टी नेतृत्वको औपचारिक अनुमोदनसँगै हेम बुढथापाको अध्यक्षतामा गठित कार्यसमितिले वैधानिकता प्राप्त गरेको छ।
तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले बुधबार बुढथापा नेतृत्वको कार्यसमितिलाई अनुमोदन गरिएको जानकारी दिँदै पत्र पठाएका हुन्।
पत्रमा स्पष्ट उल्लेख छ– अधिवेशनमार्फत निर्वाचित जिल्ला कार्यसमिति, केन्द्रीय पार्षद र महाधिवेशन प्रतिनिधिहरूलाई सर्वसम्मत रुपमा चयन गरिएकोले स्वीकृति प्रदान गरिएको हो।
तर पछिल्ला दिनमा नेपाली कांग्रेसभित्र शेखर कोइराला र शेरबहादुर देउवा समूहबीच देखिएको शक्ति सन्तुलनको संघर्षले तरुण दल जुम्लालाई द्वन्द्वमा पारेको थियो। शेखर पक्षले संजिव रावलको नेतृत्वमा समानान्तर समिति गठन गरेपछि विवाद झनै तीव्र बनेको थियो।
अब भने पार्टी नेतृत्वको अनुमोदनपछि विवादको अन्त्य भएको छ। अध्यक्ष बुढथापाले असन्तुष्ट पक्षलाई समेट्दै संगठनलाई अघि बढाउने अठोट व्यक्त गरेका छन्। उनका अनुसार नेपाली कांग्रेसको भातृ संगठनको इतिहासमा जुम्लामा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन भएको हो।
‘अब समावेशी र सहमतिमा आधारित नेतृत्वमार्फत सांगठनिक पुनः जागरणमा केन्द्रीत हुनेछौं,’ बुढथापाले प्रतिक्रिया दिए।



जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया