बिएल संवाददाता
विश्वको प्रमुख स्वास्थ्य अनुसन्धानमध्येको एक लेसेन्ट जर्नलले हावाबाट पनि तीब्र गतिमा कोरोना भाइरस फैलिने दावी गरेको छ।
लेसेन्टको हालै प्रकासित जर्नलमा यस्तो दावी गरिएको हो। अहिले कोरोना भाइरसको संक्रमण झन् खतरनाक बन्दै गइरहेको छ। जर्नलमा विभिन्न अनुसन्धानको उदाहरण समावेश गरेर यस्तो तर्क अघि सारिएको हो।
जर्नलका मुख्य लेखक अक्सफोर्ड विश्वविधालयका त्रिस ग्रीनहालले यो तथ्यपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को परिभाषित अनुसन्धानमा परिवर्तन गर्नु जरुरी भएको औल्याएका छन्।
डब्ल्यूएचओले कोरोना संक्रमण रोक्न सामाजिक दुरी कायम गर्ने तथा मास्क लगाउने लगायत केही नियम बनाएको थियो। तर, यो अनुसन्धानले डब्ल्यूएचओको नियम अपुरो रहेको प्रस्ट पार्न खोजेको छ। अनुसन्धानको ‘रिब्यू’ बेलायत, अमेरिका र क्यानडा जस्ता देशका ६ विशेषज्ञले लेखेका थिए।
‘रिब्यू’ को प्रमुख दावी यस प्रकार छ:
१. तीब्र गतिमा कुनै कार्यक्रमबाट फैलिएको थियो, संक्रमण
नयाँ रिब्यूमा कागिट कोयर कार्यक्रमबाट कोरोना संक्रमण तीब्र गतिमा फैलिएको प्रमाणित भएको थियो। यो कार्यक्रममा एक जना संक्रमित उपस्थिति थिए र उनले ५३ अन्यलाई संक्रमित बनाएको पुष्टि भएको छ।
अनुसन्धानबाट यो पनि पत्ता लागेको थियो कि केही व्यक्ति एकअर्कासँग सम्पर्कमा थिएनन्, न उनीहरूको भेट भएको थियो। निश्चित रूपमा उनीहरूमा हावाबाट भाइरस फैलिएको थियो। यसैबाट अन्य मानिस पनि संक्रमित भए।
२. बन्द ठाउँमा संक्रमणको सम्भावना प्रबल
अनुसन्धानबाट खुल्ला क्षेत्रभन्दा बन्द ठाउँमा संक्रमण तीब्र गतिमा फैलिएको भेटिएको छ। घेरिएको ठाउँमा संक्रमणलाई घटाउन हावाको प्रभावलाई छोड्दा प्रभावशाली देखिएको थियो।
३. लक्षण नदेखिएका ‘साइलेन्ट ट्रान्समिशन’ बाट भाइरस फैलिएयो
अनुसन्धानले ‘साइलेन्ट ट्रान्समिशन’ पनि भाइरस फैलिन सहयोगी भएको प्रस्ट पारेको छ। ४० प्रतिशत संक्रमण यस्तो व्यक्तिलाई भयो, जसमा कुनै लक्षण देखिएको थिएन। विश्वमा लक्षण नदेखिएकै व्यक्तिबाट हाल भाइरस फैलिएको छ।
४. ठूलो चुहावटबाट फैलिएको प्रमाणमा कमि
ठूलो चुहावटबाट भाइरस तीब्र गतिमा फैलिएको भन्ने पहिलो भनाईमा त्यति प्रमाण नभेटिएको अनुसन्धानले बताएको छ। भाइरस हावामा स्थिर हुँदैन। झरेर सतहलाई संक्रमित बनाउने गर्छ। कुनै पनि अध्ययनमा यो कुरा प्रमाणित गर्ने तथ्य फेला परेन।
नयाँ दावीको अर्थ के हो?
विश्लेषकका अनुसार हात धुनु र भूइँहरू सफा राख्नु अहिले पनि आवश्यक छ। तर, सबै ध्यान यसैमा मात्र केन्द्रित गरेर हुँदैन। हावाबाट फैलिने भाइरसको संक्रमणलाई रोक्नु सबैभन्दा ठूलो चुनौती हो।
भाइरसलाई श्वास नलिभित्र प्रवेश गर्न नदिनु तथा हावामा समाप्त गर्नु नै प्रमुख लक्ष्य हुनुपर्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया