सनीराज शाक्य
म्यान्मारको सैनिक सरकारले हत्या गरेका शहीदप्रति काठमाडौंमा कलाकारहरुले पुष्प अर्पण र दीप प्रज्ज्वलन गरी कलात्मक ढंगले श्रदाञ्जलि प्रकट गरेका छन्।
रविन्द्र श्रेष्ठले आइतबार दिउँसो काठमाडौंको माइतीघरमा कलात्मक डुङ्गा प्रदर्शन गर्दै सैन्य ‘कू’मा मारिएका बर्मेलीप्रति श्रदाञ्जलि प्रकट गरेका हुन्।
श्रेष्ठले डुङ्गामा गुलाबको फूल तथा औँठाछापको ब्यानर राखेर श्रदाञ्जलि प्रकट गरेका थिए।
औंठाछापझै जाति, भाषा, संस्कृति, भौगोलिक क्षेत्र, विचार, देश फरक भए पनि मानवताको सवालमा कहीँ न कतै एकअर्कासँग जोडिएको हुनाले सैनिक दमनमा मारिएका बर्मेलीप्रति श्रदाञ्जलि प्रकट गर्न कलाप्रदर्शन गरिएको कलाकार श्रेष्ठले बताए।
उनले भने, ‘यस कलामार्फत् हामीले लोकतन्त्रको पुनःर्बहालीको माग गर्दैगर्दा म्यान्मारमा मारिएका बर्मेलीलाई श्रदाञ्जलि अर्पण गर्न खोजेको हौँ। म्यान्मारमा भइरहेको नरसंहार चाँडै रोकियोस् भन्ने हेतुले यो कला प्रस्तुत गरिएको हो।’
प्रदर्शनमा सहभागी नेपाली नागरिकले डुङ्गामा श्रदाञ्जलि लेखेका थिए।
म्यान्मारमा सेनाले गत माघ १९ गते सैन्य कू गरेयता करिब सात सयभन्दा बढी नागरिकको पक्राउपछि हत्या गरेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया