करीब ११ दिन लामो भारत यात्रापछि पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन्।
आइतबार दिउँसो नेपाल फर्किएका पूर्वराजाको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ।
पछिल्लो समय राजसंस्थाको माग गर्दै देशब्यापी रुपमा मोटरसाइकल र्याली गरेको ‘वीर गोर्खाली अभियान’ ले आइतबार पूर्वराजा विमानस्थलमा उत्रँदा भब्य स्वागत गरेको छ।
अभियन्ताहरु राष्ट्रिय झन्डासहित विमानस्थलमा उपस्थित भएका छन्।
पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट ‘हिन्दू सम्राट’को उपाधीसहित अभिनन्दन र अभिषेक गरिएको थियो।
पूर्वराजा ज्ञानेन्द्र भारत सरकारले पठाएको निम्तो स्वीकार गर्दै नयाँदिल्ली पुगेका थिए।