अमेरिकी उपराष्ट्रपतिलाई ज्यान मार्ने धम्की दिने महिला पक्राउ

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई ज्यान मार्ने धम्की दिने ३९ वर्षीया निवियाने पेटिट फेल्प्सलाई प्रहरीले पक्राउ गरेको छ। 

उनी फ्लोरिडा निवासी हुन्। ज्याक्सन हेल्थ सिस्टममा कार्यरत नर्स फेल्प्सले १३ देखि १८ फ्रेबुअरीको बीचमा इमेलबाट ज्यान मार्ने धम्की दिएकी थिइन्।

उनले हत्याको आरोपमा जेल सजाय भोगिरहेका आफ्नो पतिलाई जेल मुक्त गर्नुपर्ने माग राख्दै इमेलमार्फत उपराष्ट्रपति ह्यारिसलाई शारीरिक नोक्सान वा हत्या गर्ने धम्की दिएकी हुन्। 

उनलाई गोप्य अनुसन्धानको आधारमा  ह्यूस्टन, टेक्सासबाट शनिबार प्रहरीले पक्राउ गरेको हो। उनले पठाएको इमेलमा लेखिएको छ, 'कमला अब केही दिनमा तेरो मृत्यु हुनेछ।'

पक्राउ परेकी महिलालाई मानसिक समस्या रहेको पनि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेकाे छ। 


अमेरिकाद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन

अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध

प्रकाशित मिति: : 2021-04-18 07:14:00

प्रतिकृया दिनुहोस्