वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ।
वैष्णवको शुक्रबार साँझ ७ बजे आफ्नै निवास ज्ञानेश्वरमा निधन भएको हो।
विसं २०७२ देखि मनोरोगले पीडित बनेका वैष्णव विगत तीन वर्षदेखि स्वास्थ्य समस्याका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए।
उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टिसमेत गरिएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रिय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन्।
वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञा पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार, नइ देरूनीख प्रदीप्ति पुरस्कार, हरिहर शास्त्री सावित्री देवी साहित्यिक पुरस्कार र त्रिमूर्ति पुरस्कार पाएका थिए।
विसं १९८१ साउन ५ गते काठमाडौँमा जन्मिएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन्।