क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ।

वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ। डिजिटल मुद्रा क्वाइनबेस न्यूयोर्कमा मङ्गलबार सूचीकृत हुँदैछ। १२ वर्षअघि स्थापित क्वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ।

बिटक्वाइन

विश्वव्यापी वित्तीय सङ्कटको उभार चलिरहेको अवस्थामा सन् २००८ अक्टोबर ३१ मा एकदुई जना अज्ञात व्यक्तिहरु, जसलाई सातोशी नाकामोतोको काल्पनिक नामबाट चिनिन्थ्यो, ले बिटक्वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरे।

श्वेतपत्रमा भनिए झैं यसको मुख्य लक्ष्य नै भुक्तानीको एउटा चलायमान र विना अवरोधको विद्युतीय साधन निर्माण गर्नु थियो। यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्ने अर्को लक्ष्य थियो। यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो।

कुनै पनि व्यक्तिले नयाँ बिटक्वाइन आफ्नो बनाउन सक्थ्यो, र यसका लागि विशाल तथ्याँक केन्द्रको जरुरत हुन्थ्यो। र यसका निम्ति क्वाइनबेस जस्ता प्लेटफर्मले क्रिप्टोकरेन्सीको व्यापारलाई सहजीकृत गरेको थियो।

बैंक र पे पल बाट उपलब्ध निश्चित डिजिटल मुद्राहरुले पनि भुक्तानी र कारोबारलाई सहजीकरण भइरहेका छन्। सन् २००९ को शुरुमा पहिलो लटमा ५० थान बिटक्वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्वाइन बनाइएका छन्।

नाकामोतोले दुई करोड १० लाख बिटक्वाइन बनाउने श्वेतपत्रमा लेखेका छन्। रासस–एएफपी

प्रकाशित मिति: : 2021-04-13 15:12:00

प्रतिकृया दिनुहोस्