‘बालबालिका अघिल्लोपटक पनि संक्रमित थिए तर यसपालि उनीहरू धेरैमा लक्षण देखियो’

अहिले मात्रै होइन, कोरोना संक्रमणबाट बालबालिका अघिल्लोपटक पनि प्रभावित भएका थिए । त्यतिखेर बालबालिकामा छिटफुटबाहेक लक्षण देखिएको थिएन ।

लक्षण नदेखिएका कारण संक्रमित भए पनि संख्यात्मक रूपमा केस बढेको देखिएन । तर, अहिले उनीहरूमा कोरोनाको लक्षण नै देखिएको छ । त्यसैले अघिल्लो पटकभन्दा यसपटक बढी केस देखिएका हुन् ।

हामी टेकु अस्पतालमा बालबालिका भर्ना गर्दैनौँ, तर २४ वर्षका युवा पनि आइसियूमा राखेर उपचार गरिरहेका छौँ । सोमबार मात्रै पाँचजना ३५ वर्षका संक्रमित आइसियूमा छन्, जुन अघिल्लोपटक थिएन । यसले पनि हामीलाई झस्काएको छ । 

प्रकाशित मिति: : 2021-04-13 07:59:00

प्रतिकृया दिनुहोस्