मोटरसाइकलबाट खसेर मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ ठाँटीटारमा मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ छबिसे बस्ने ५५ वर्षीय सानुमाया सार्की रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
थर्पु बजारबाट छबिसेतर्फ जाँदै गरेको ग ७ प ५३२३ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार सार्कीको मृत्यु भएको हो। मोटरसाइकलबाट खसेर घाइते उनको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्। 

प्रकाशित मिति: : 2021-04-12 17:38:00

प्रतिकृया दिनुहोस्