सांसद धर्मराज रेग्मी पदमुक्त

File photo
File photo

दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित भएका प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। 

नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका उनलाई दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन्।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी  दिएका छन्।

प्रकाशित मिति: : 2021-04-12 15:34:00

प्रतिकृया दिनुहोस्