विराटनगरमा कोरोना संक्रमितको मृत्यु

Symbolic photo
Symbolic photo

विराटनगरमा कोरोना संक्रमितको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा झापाको दमक ८ का ९२ बर्षीय वृद्ध रहेका छन्। उनको आइतबार राती कोशी अस्पतालमा मृत्यु भएको हो।

उक्त कोभिड अस्पतालमा तीन महिनापछि कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ। चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

मधुमेहबाट पीडित उनको रातको १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिए। 

उनको मृत्युपछि परिवारका अन्य ४ जना घर फर्कीएको उनले बताए। संक्रमणमुक्त नभई मृतकको शव लिएर उनीहरू घर गएका हुन्। 

प्रकाशित मिति: : 2021-04-12 15:05:00

प्रतिकृया दिनुहोस्