पूर्वराजा ज्ञानेन्द्रले कुम्भमेलामा राजकीय सम्मानका साथ गरे शाहीस्नान

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले भारतकाे हरिद्वारमा राजकीय सम्मानका साथ कुम्भमेलामा शाहीस्नान गरेका छन्।

भारत सरकारकाे निमन्त्रणामा कुम्भमेलामा सहभागी पूर्वराजालाई शाहीस्नानका लागि उत्तर प्रदेश र उत्तराखण्ड सरकारले भब्य समाराेह आयोजना गरेको थियाे।

पूर्वराजा ज्ञानेन्द्रले सोमबार बिहान हरिद्वारकाे गंगा नदीमा शाहीस्नान गरेका हुन्। करिब तीन किलोमिटरको यात्रापछि पूर्वराजा शाह शाहीस्नान स्थलमा पुगेका थिए।

शाहीस्नानका लागि रथयात्रामा पूर्वराजालाई भारतीय सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरेको थियो। केदारनाथका पीठाधीशलगायत साधुसन्तले पूर्वराजाको भब्य स्वागत गरेका थिए। 


हरिद्धारमा पूर्वराजा ज्ञानेन्द्रलाई आर्मीको हेलिकोप्टरबाट पुष्पवृष्टी

हरिद्धारमा पूर्वराजा ज्ञानेन्द्रको भब्य स्वागत (२० तस्वीरसहित)

प्रकाशित मिति: : 2021-04-12 12:16:00

प्रतिकृया दिनुहोस्