नेपालमा दैनिक १८ जनाले गर्छन् आत्महत्या, ४४ महिनामा २१ हजार घटना

बाह्रखरी

काठमाडाै‌ं

 केशवराज जोशी

नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म अर्थात् आठ महिनाको अवधिमा चार हजार ४८३ आत्महत्याका घटना भएका छन् । यो दैनिक १८ जना बढी हो ।

आर्थिक वर्ष ०७६/७७ को सोही अवधिमा तीन हजार ५३४ आत्महत्याका घटना भएका थिए । तुलनात्मक रूपमा चालु आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटनाहरू २६.८५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

यस्तै, पछिल्ला ४४ महिना अर्थात् चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २१ हजार ७८७ जनाले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७४/०७५ मा पाँच हजार ३१७ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा यो संख्या बढेको देखिन्छ । सो अवधिमा पाँच हजार ७४६ जनाले आत्महत्या गरेको देखिन्छ । आर्थिक वर्ष ०७६/०७७ मा ६ हजार २४१ जनाले आत्महत्या गरेको पाइएको छ ।

प्रकाशित मिति: : 2021-04-11 14:15:00

प्रतिकृया दिनुहोस्