राजनीतिको विद्रूप

लोकान्तर

काठमाडाैं

‘गान्धारी ! एउटा कुरा भन्छु मान्छ्यौ ?’ एकदिन साँझ धृतराष्ट्रले भने –

‘म जन्मान्ध छु। तिमीले पनि आँखामापट्टी बाँधेकी छ्यौ। बाहिरको कुरा थाहा पाउँदैनौं। अरूले जे भन्यो त्यसैमा विश्वास गर्नुपर्छ। भाइ विदुर आउँथे, यथार्थ कुरा बताउँथे तर उनी पनि बाँउठिन थालेका छन्, टेढा कुरा गर्छन्। मेरो कुराको विपरीत अर्थ लगाउँछन्। जस्तो मैले चाहेको हुन्छु, त्यसको उल्टो अर्थ निकाल्छन्। सुन्छु हाम्रा छोरा र भाइ पाण्डुका छोराहरूबीच मिल्ती छैन रे ! पाण्डुले असमयमै छाडेर गए। उनका छोराहरू फर्केर नआएका भए हुन्थ्यो तर आए। पाण्डुको जंगलमै निधन भयो। विचरी माद्री उनकै साथमा सती भएर गइछिन्, राम्रै भयो। कुन्ती पनि सती गइदिएको भए हुन्थ्यो तर गइनन्। छोराहरू पालेर बस्छु भनिछन्।  

प्रकाशित मिति: : 2021-04-10 18:33:00

प्रतिकृया दिनुहोस्